खरसाङ: विगत १५ अक्टोबरदेखि खरसाङमा लगातार रूपमा लागेको गोर्खे हाट आज आठौं हप्तामा पुगेको छ। आठौं हप्तामा पुग्दा खरसाङको गोर्खे हाट प्रतिष्ठित बन्दै गईरहेको छ। आज आठौं हप्तामा आईपुग्दा गोर्खे हाटमा जातीय पहिरन अनिवार्य गरिएकोलछ। पहिलो हप्तादेखि सबैजना जातीय पोशाकमा नै उपस्थित भए पनि अहिले आठौं हप्तामा आएर जातीय पोशाक अनिवार्य गरिएको छ। आज पनि गोर्खे हाटमा विभिन्न अर्ग्यानिक साग सब्जीहरू र अन्य विभिन्न चीजबीजहरु बिक्रीमा राखिएको छ भने क्रेताहरू पनि गोर्खे हाटमा आएर सौदापात गरिरहेका थिए। गोर्खे हाटले तिहारको समय पनि आफ्नै क्षेत्रको फूल मालाहरूद्वारा तिहार मनाउन दुई दिवसीय फूल बिक्री पनि राखिएको थियो। आठौं हप्तामा आईपुग्दा गोर्खे हाट अझ प्रचलित बन्दै गईहेको छ। आज पनि गोर्खे हाटमा ८५ वटा दोकानहरू राखिएको बताइएको छ।

यस गोर्खे हाट विषयमा गोर्खे हाटको महासचिव महेश छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै गोर्खे हाट गत १५ अक्टोबरदेखि शुरु भएर अहिले झन प्रचलित बन्दै गइरहेको बताएका छन्। उनले गोर्खे हाटको मुख्य उद्देश्य पहाड़को मानिसहरूलाई जैविक साग सब्जीहरू उपलब्ध गराउनु रहेको बताएका छन्। उनले गोर्खे हाटको ठाउँ केही दिन सबै मिलेर सर सफाई गरेको बताउँदै गुणस्तरीय सर सामानहरू ल्याएर सठीक मूल्यमा बिक्री गरेकोले यो गोर्खे हाट बाँचिरहेको छ भनी बताए। छेत्रीले आज पनि ८५ वटा दोकानहरू गोर्खे हाटमा राखिएको बताए।









