निःशुल्क नेत्र एवं स्वास्थ्य जाँच शिविरको आयोजना

ec3246cc-b5bb-400c-bd30-24ed02348c3a-1024x577.jpg

राजगंज: राजगंज ब्लकको बेलाकोबामा आइतवार निःशुल्क नेत्र एवं स्वास्थ्य जाँच शिविरको आयोजन गरियो। बेलाकोबा किशोर स्पटिङ एण्ड कल्चरल क्लबको पहलमा सिलगढ़ी ग्रेटर लायन्स क्लब र सहमर्मी वेलफेयर एसोसिएशऩको सहयोगमा यस शिविरको आयोजन गरियो।

यस दिन क्षेत्रका लगभग सैकड़ं मानिसहरूको आँखाको निःशुल्क जाँच गरियो। यस बाहेक शिविरमा शिशु रोग विशेषज्ञ, दन्त चिकित्सक एवं अन्य चिकित्सकहरूद्वारा स्वास्थ्य जाँच गरियो। यस सम्बन्धमा क्लबका सदस्य सुकुमार रायले भने, क्लबको तर्फबाट हरेक साल विभिन्न सामाजिक कार्यक्रम गरिन्छ। आज क्लबले निःशुल्क नेत्र एवं स्वास्थ्य जाँच शिविरको आयोजन गरेको छ। जसको ग्रामीण क्षेत्रका सैकड़ौं मानिसहरूले लाभ उठाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement