सिलगढ़ीमा अन्तरराष्ट्रिय स्तरको स्टेडियमको मागमा ऱ्याली

IMG-20231203-WA0151.jpg

सिलगढ़ी: सिलगढ़ीमा अन्तरराष्ट्रिय स्तरको स्टेडियम निर्माण गरिनु पर्ने मागलाई लिएर सिलगढ़ी एथलेटिक्स लवर्स एसोसिएशनले एउटा ऱ्याली निकाल्यो। सिलगढ़ीको हासमी चौकदेखि आइतवार बिहान ऱ्याली निकालियो।

ऱ्यालीमा सिलगढीका विधायक शंकर घोष, सिलगढी नगर निगम विपक्षका नेता अमित जैन र अन्यहरू सहभागी थिए।

विधायक शंकर घोषले भने, सिलगढीमा अन्तरराष्ट्रिय स्तरको स्टेडियम छैन। अन्तरराष्ट्रिय स्तरको स्टेडियम बनाउन अगावै केन्द्रिय राज्यमन्त्रीसॅंग कुराकानी भइसकेको छ। सिलगढीमा अन्तरराष्ट्रिय स्तरको स्टेडियम बनाउनका लागि राज्य सरकारलाई पनि पहल गर्न माग गरिएको छ।

अर्कोतिर, पूर्व मन्त्री तथा सिलगढीका मेयर गौतम देवले खेल उनको मुटुमा रहेको बताए। उनले सिलगढीको कन्चनजङ्गा स्टेडियमलाई अझ फराकिलो बनाउने काम चलिरहेको जानकारी गराए। उनले स्टेडियमको मैदानमा दक्षिण अफ्रीकाको बरमूडा घास ल्याएर लगाइने बताए। उनले खेललाई लिएर राजनीतिकरण गर्नु नहुने मन्तव्य व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement