इम्फाल: मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंहले मणिपुरको स्थितिमा सुधार आइऱहेको भनेका छन्। उनी अनुसार, एक घटनालाई छोड़ेर दुई-तीन महिनाभित्र कुनैपनि ठूलो घटना घटेको छैन।
आज उनले मीडियासित कुराकानी गर्दै भने, यूनाइटेड नेशनल लिबरेशन फ्रन्ट (यूएनएफ) को साथ युद्ध विराम समझौता भएपछि स्थिसति निक्कै सामान्य भएको छ।
मुख्यमन्त्रीले भने, केन्द्रिय गृह मन्त्री अमित शाह यहाँ आएर तीन दिन बसेका छन् तथा सबै गुटहरूसित वार्ता गरी स्थितिलाई सामान्य बनाउने कोशिश गरे। केन्द्रिय गृह राज्यमन्त्री नित्यानन्द राय यहाँ आएर 25 दिनभन्दा धेरै समयसम्म बसिसकेका छऩ्। यस अवधि केन्द्र सरकारद्वारा धेरै सुरक्षा विशेषज्ञहरूलाई यहाँ तैनात गरियो। अब बिस्तारै मानिसहरू राहत शिविरहरूबाट आफ्नो घर जान थालेका छन्। कूकी समुदायका मानिसहरूको घर जलाइएको छैन, यसैले अब बिस्तारै मानिसहरू आफ्नो घऱ फर्किन थालेका छऩ्। यस अवधि जसको घर जलाइयो, सरकारले उनीहरूलाई घर बनाउने रूपियाँ दिइऱहेछ।
मुख्यमन्त्रीले भऩे, सरकारले अलग-अलग गुटहरूसित वार्ता गरिरहेछ। अलग-अलग समुदायले आपस्तमा पनि वार्ता गरिरहेको छ। छिट्टै नै मणिपुर समस्याको शान्तिपूर्ण र सर्वमान्य समाधान निकालिनेछ। विपक्षी दलले सरकारका सबै कामहरूको आलोचना गर्छ, यो उनीहरूको धर्म हो। तर यस्तो स्थितिमा राजनीति गर्नु ठीक लाग्दैन। अहिले केहीपनि भन्ने उनीहरूको मानसिक स्थिति छैन।










