बीएसएफद्वारा ३७ लाख २५ हजार बङ्गलादेशी रुपियाँसहित भारतीय नागरिक पक्राउ

नादिया: जिल्लाको सीमा क्षेत्रमा तैनाथ सीमा सुरक्षा बलको ८२औँ कम्पनिको सीमा चौकी गोङ्ग्राका जवानले गरेको खबरका आधारमा कारबाही गर्दै एकजनालाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिबाट ३७ लाख २४ हजार ५ सय रुपियाँ बरामद गरिएको छ। जसको कुल मूल्य भारतीय मुद्रामा ३१,५२,७१४ रुपियाँ छ। पक्रा पर्नेमा ३४ वर्षीय अभिरुल मोल्ला रहेका छन्। उनी नादियाको गोंगराका बासिन्दा रहेको बताइएको छ। पक्राउ परेका व्यक्तिले विगत तीन महिनादेखि तस्करसँग मिलेर सीमापार तस्करी गरिरहेको स्वीकार गरेका छन्। आज पनि उनकै आदेशमा रानाबाँध गाउँबाट यो सामान ल्याएको उनले बताए। पक्रा परेकालाई बङ्गलादेशी रुपियाँसहित पुलिस थाना चपरामा बुझाइएको छ। ८२औँ कूपका कमाण्डिङ अफिसर सञ्जयप्रसाद सिंहले भारत–बंगलादेश सीमामा सीमा सुरक्षा बलले तस्करी रोक्न निरन्तर प्रयास गरिरहेको बताए। उनले तस्करी जस्ता अपराधमा संलग्नलाई निरन्तर कारबाही भइरहेको बताए। जसमा पक्राउ परेकालाई कानून बमोजिम कारबाही हुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement