मुख्यमन्त्रीले गरे रोगीहरूलाई आर्थिक सहयोग

IMG-20231202-WA0243.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज राज्य साथै राज्य बाहिरका विभिन्न अस्पतालमा उपचारधीन रोगीहरूसँग अन्तक्रिया गरे। मुख्यमन्त्री तामाङले उनको सरकारी निवास मिन्तोगाङमा रोगीहरूसँग भेट गर्ने क्रममा उनीहरूलाई उपचारको निम्ति आर्थिक सहयोग पनि प्रदान गरे। उल्लेखनीय छ, मुख्यमन्त्री तामाङले राज्य बाहिर उपचारधीन रोगीहरूलाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेका छन्। विशेष गरेर आर्थिकरूपमा कमजोरवर्गका रोगीहरूलाई उपचारको निम्ति सम्पूर्ण खर्च राज्य सरकारको तर्फबाट प्रदान गरिन्दै आएको छ। यसैक्रममा आज मुख्यमन्त्रीले धेरै जना उपचारधीन रोगीहरूसँग अन्तक्रिया गर्दै उनीहरूलाई आर्थिक सहयोग प्रदान गरेका हुन्। यसरी उपचारको निम्ति आर्थिक सहयोग प्राप्त गरेपछि रोगीका परिवार साथै रोगीले मुख्यमन्त्री तामाङलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement