सड़कको अवस्थाबारे राज्यपालले लिए जायजा

IMG-20231202-WA0248.jpg

गान्तोक: आज राजभवनमा सिक्किमका राज्यपाल  लक्ष्मण प्रसाद आचार्यसित सीमा सड़क संगठनका इन्जिनियर ब्रिगेडियर मनोज गुप्तले शिष्टाचार भेट गरे। त्यसपछि बाढी राहत कार्यमा बीआरओको सक्रियतामा भएको कार्यबारे पावर पोइन्ट प्रस्तुति गरेको थियो। भेटमा ब्रिगेडियर मनोज गुप्तले सडक र पुलको समीक्षा गरेका थिए। चार अक्टोबरको राति आएको भीषण बाढीका कारण भएका पुनस्र्थापनाका कामबारे जानकारी गराए। काम धमाधम भइरहेको र बाँकी काम तोकिएको समयभित्र सम्पन्न हुने बताए। उनले ३१ दिसम्बरसम्म अधिकांश सडक र पुललाई निर्माण गर्ने बताए। राजपालले स्वस्तिका  बीआरओले हालसम्म गरेका उपलब्धिहरूको प्रशंसा गरे। उनले राजभवनबाट पनि शुभकामना दिएका थिए र सहयोग गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement