गान्तोक: एक भारत श्रेष्ठ भारत अन्तर्गत आज राजभवनमा असम दिवस समारोह आयोजन गरियो। कार्यक्रममा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिको रूपमा उपस्थित थिए।
यस अवसरमा असमका राज्यपाल गुलाबचन्द कटारियाको भिडियो सन्देशको माध्यमद्वारा शुभकामना दिए। यसका साथै असम राज्यमाथि एउटा वृत्तचित्र पनि देखाइयो जसमा राज्यको समृद्ध सांस्कृतिक र प्राकृतिक विरासतको झलक देखाइएको थियो।
राज्यपाल आचार्यले आफ्नो सम्बोधनमा सम्पूर्ण असमवासीहरूलाई असम दिवसको शुभकामना दिए। उनले भने, एक भारत श्रेष्ठ भारत अन्तर्गत असम दिवस मनाउनु हामी सबैको निम्ति गौरवको कुरा हो। स्थापना दिवसको माध्यमद्वारा हामी सबै एकअर्काको कला, संस्कृति र सभ्यताको बारेमा परिचित हुन्छौ, जसले भारतको संस्कृतिलाई मजबूति प्रदान गर्दछ।
राज्यपालले भने, असमको संस्कृति, परम्परा, भोजना र मूल्य, असमलाई उनको मातृभूमिसॅंग जोड्दछ जुन अत्यन्त प्रशंसनीय छ। उनले सांस्कृतिक कार्यक्रमहरूको महत्वमाथि बल दिॅंदै भने, आफ्नो सभ्यता, संस्कृति र परम्परालाई विरासतको रूपमा आफ्नो पीढीलाई हस्तान्तरण गर्नु हाम्रो भारतको संस्कर हो, जसले एउटा श्रेष्ठ भारत बनाउनमा महत्वपूर्ण योगदान दिॅंदछ।
यसावधि रंगारंग सांस्कृतिक कार्यक्रम पनि आयोजन गरियो, जसमा असमको प्रसिद्ध बिहू नृत्य र बिहू गीत सामेल थियो। कार्यक्रममा एसएसबीका अधिकारी, विभिन्न शिक्षण संस्थानका अधिकारी, विद्यार्थी तथा अन्यहरू उपस्थित रहेको जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।










