गुवाहाटी: एआईयूडीएफ प्रमुख मौलाना बदरूद्दीन अजमलले असम प्रदेश कांग्रेस अध्यक्ष भूपेन कुमार बोरा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको पेड सर्वेन्ट हुन् भऩी आरोप लगाएका छन्।
उनले भने, मुख्यमन्त्रीले भूपेन बोरालाई जे भन्नु भन्छन्, भूपेनले त्यही बोल्छन्। भूपेन बोरा राजनीतिक व्यक्ति नै होइनन्। उनलाई राजनीतिको कुनै जानकारी छैन।
एक प्रश्नको उत्तरमा अजमलले आज मीडियासित कुराकानी गर्दै भने, जहाँ-जहाँ एआईयूडीएफको आफ्नो उम्मेदवार छैन, त्यहाँ-त्यहाँ हाम्रो पार्टीले कांग्रेस उम्मेदवारहरूको समर्थन गर्नेछ। यदि राज्यमा कांग्रेसले एउटैपनि सीट जित्यो भने त्यो एआईयूडीएफको भोटको कारण नै जित्नेछ। कांग्रेसको कुनै जमीनी आधार छैन। यसका नेता आपस्तमै लड़िरहेका छऩ्।
उनले एक सीधा प्रश्नको जवाफमा भने, यदि कांग्रेस अध्य़क्ष भूपेन बोरा काजरीङ्गाबाट चुनाउ लड़े एआईयूडीएफले उनको समर्थन गर्नेछ। उनले आफ्ना भोटरहरूलाई जहाँ एआईयूडीएफको उम्मेदवार छैन, त्यहाँ कांग्रेस उम्मेदवारलाई भोट दिनु भनेका छन्।









