प्रकृतिक प्रकोपको कारण निखोज बनेकाहरूलाई ६ लाख प्रदान गरिने मुख्य सचिवले गरे घोषणा

IMG-20231202-WA0241.jpg

गान्तोक: राज्यका मुख्य सचिव भीबी पाठकले गत ४ अक्टोबरको दिन प्रकृतिक प्रकोपमा परि अहिलेसम्म निखोज रहेका मानिसहरूलाई मृत्यु प्रमाण पत्र प्रदान गरिने प्रक्रियाबारे जानकारी गराए।

आज राजधानीस्थित टाशीलिङ सचिवालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्य सचिव पाठकले गत ४ अक्टोबरको भवितव्यमा परेर अहिलेसम्म निखोज रहेका मानिसहरुलाई मृत्यु प्रमाणपत्र जारी गर्ने प्रक्रियाबारे वृस्तृतरूपमा जानकारी दिए।

उक्त भवितव्यमा परेर हालसम्म ७७ जना निखोज रहेको जानकारी गराउँदै निखोज रहेका ७७ मध्ये राज्य र राज्य बाहिरको पनि रहेको उनले बताए। उनको भनाइ अनुसार, निखोज रहेका व्यक्तिका आफन्त वा परिजनले मिसिङ रिपोर्ट वा एफआईआर दर्ता गर्नुपर्ने उनले सुझाउ दिएका छन्। सम्वन्धित व्यक्तिद्वारा गरिएको एफआईआरलाई निखोज व्यक्ति जहाँका वासिन्दा हुन् त्यस क्षेत्रका पुलिस थानामा रेफर गरिनेछ।

त्यसपछि निखोज व्यक्तिबारे गरिएको एफआईआर साथै पहिचानका लागि कागज पत्रहरु जस्तै राशन कार्ड, ब्याङ्क खाता, भोटर कार्ड , आधार कार्ड साथै ग्राम पञ्चायतको रिपोर्ट महकुमा अधिकारीलाई पठाइने उनको भनाइ रहेको छ। सो घटनाबारे महकुमा अधिकारीले नखोज व्यक्तिबारे विस्तृत रूपमा जाँच गरेर सत्य तथ्य पत्तो लगाउने उनले बताए।

यसका साथै उनले मृतकहरुको सूची समाचार पत्रहरुमा, सरकारी राजपत्रहरुमा, सरकारी वेभसाइटहरुमा दावी र आपत्तिका लागि प्रकाशित गर्नेछन्। यी दावी र आपत्ति ३० दिनभित्रमा आउनु पर्नेछ यसपछि गरिएका दावी र आपत्तिहरु मान्य नरहने उनको भनाइ रहेको छ। ३० दिनसम्म पनि निखोज व्यक्ति सम्बन्धी कुनै दावी र आपत्ति प्राप्त नभएको खण्डमा जन्म अनि मृत्यु दर्ता अधिकारीले निखोज व्यक्तिको मृत्यु प्रमाण पत्रलाई जारी गरेर अनलाईन रिकर्ड पनि राख्न सक्ने उनको भनाइ रहेको छ।

यो मृत्यु प्रमाणपत्र मृतकका परिजनलाई सित्थैमा प्रदान गरिनेछ। यही प्रक्रिया सिक्किम बाहिरका निखोज व्यक्तिहरुकालागि पनि लागु हुने मुख्य सचिवले जानकारी दिएका छन् तर बाहिरका व्यक्तिहरुबारे यदि सिक्किमका कुनै थानामा रिपोर्ट दर्ता भएको छ भने सो पुलिस थानाले मृतकको स्थानीय थानालाई अन्य विस्तृत जाँचकोलागि रेफर गर्नु पर्ने हुन्छ। त्यँहा गरिएको छानबीन अनुसार फेरि अघिकै प्रक्रिया अनुसार निखोज व्यक्तिको मृत्यु प्रमाणपत्र जारी गरिनेछ।

यसरी निखोज रहेका मानिसहरुको मृत्युको पुष्टि भएपछि मृतकका परिवारलाई राज्य आपदा कोषबाट रुपियाँ ४ लाख अनि प्रधानमन्त्री राहत कोषबाट रुपियाँ २ लाख प्रदान गरिने उनले थप जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement