गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज उनको सरकारी निवास मिन्तोकगाङमा पेलिङ टुरिज्म डेभलोपमेन्ट एसोसिएशनका सद्सयहरूसँग भेट गरे। संस्थाका अध्यक्ष नारायण खतिवडाको नेतृत्वमा गएको टोलीले कोभिड-१९ महामारीका कारण रोकिएको शीतकालीन पर्यटन महोत्सव पुनः सञ्चालन गर्ने योजनाबारे मुख्यमन्त्री तामाङलाई अवगत गराए।
उक्त उत्सव आगामा २५ दिसम्बरदेखि ३१ दिसम्बरसम्म पेलिङ स्कूलको मैदानमा आयोजना गरिने निर्णय लिएको जानकारी गराए। मुख्यमन्त्री तामाङले संस्थालाई उक्त कार्यक्रमको लागि शुभकामना दिँदै सरकारको तर्फबाट सबै प्रकारको सहयोग प्रदान गर्ने आश्वासन दिए।









