टाशीडिङ सरकारी माध्यमिक विद्यालयले पालन गऱ्यो कौस्तुभ जयन्ती

IMG-20231202-WA0245.jpg

गान्तोक: टाशीडिङ सरकारी उच्चत्तर माध्यमिक विद्यालयले कौस्तुभ जयन्ती भव्यरूपमा पालन गऱ्यो। यस अवसरमा राज्यका कृषि विभाग मन्त्री लोकनाथ नेपाल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिकोरूपमा सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चा रहेका थिए।

यसरी नै धर्म विभागका सल्लाहकार रिञ्जिङ शेराप भोटिया, जिल्ला पञ्चायत साथै अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री नेपालले विद्यार्थीहरुलाई कृषि उद्यमशीलताको फराकिलो दायरा र खेतीपातीको आकर्षक पेशा अपनाउनुको लाभबारे अवगत गराए। उनले शिक्षा क्षेत्रमा भएका विभिन्न विकास कार्यहरूबारे प्रकाश पार्दै सिक्किमलाई शिक्षाको केन्द्र बनाउने मुख्यमन्त्रीको दृष्टिकोण र विचार साझा गरे।

यसका साथै उनले वत्सल्य योजना, बहिनी योजना, आम सशक्तिकरण योजना, मुख्य मन्त्री मत्स्य सम्पदा योजना, कृषि आत्मा निर्भर योजना, सिक्किम गरीब आवास योजनाहरू कल्याणकारी रहेको उल्लेख गरे।

मन्त्रीले सिक्किम भवन र अन्य निर्माण मजदुर कल्याण बोर्ड/ई-श्रम पोर्टल अन्तर्गत दर्ता भएका मजदुरहरूलाई उपलब्ध गराइने विभिन्न प्रकारको सुविधाबारे पनि जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement