कम्पनी लमा व्यापक परिवर्तनको खाँचो छ: विमान ब्यनर्जी

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः पश्चिम बङ्गाल विधानसभाका अध्यक्ष विमान ब्यनर्जीले भने, कम्पनी लमा व्यापक परिवर्तनको आवश्यक्ता छ। यसको लागि नयाँ कम्पनीले जुन सेक्रेटरी तयार गरिरहेको छ त्यसले सर्वोत्कृष्ट ढङ्गमा आफ्ना कुराहरू राख्नुपर्छ। नयाँ उद्यमीहरूलाई सुविधा उपलब्ध गराउन तथा एमएसएमईलाई प्रोत्साहन गर्ने उद्देश्यले कानूनलाई अझ सरल बनाउन आवश्यक छ।

विमान बोसले शनिवार इऩ्स्टीट्यूट अफ कम्पनी सेक्रेटरीज अफ इण्डिया (आईसीएसआई)-द्वारा प्र्याक्टिसिङ्ग कम्पनी सेक्रेटरीजलाई लिएर आयोजित १७औं क्षेत्रीय सम्मेलनमा भने, कम्पनी लमा हस्तक्षेप गर्ने वा परिवर्तन गर्ने अधिकार राज्यहरूलाई छैन। यसमाथि जे-जति गर्नुपर्छ त्यो केन्द्र सरकारले मात्र गर्नसक्छ। यो नयाँ कम्पनी सेक्रेटरीजको विवेकमाथि भर पर्छ कि यसले कति तार्किक ढङ्गमा उद्यमिताको आवश्यक्ता बारे सरकार समक्ष कुरा राख्नसक्छ। उनले भने, कुनै पनि प्रक्रियामा दिगो परिवर्तन तथा सुविधाहरू अनुरूप संशोधन सदैव लाभदायक हुन्छ।

यस वर्षको सम्मेलनको विषय रहेको छ ””श्रेष्ठ कर्पोरेट प्रशासनलाई प्रेरित गर्न वैश्विक नेतृत्व बन्नु””। यस सम्मेलनको मिशन रहेको छ श्रेष्ठ कर्पोरेट प्रशासनको सुविधा प्रदान गर्ने उच्च क्षमतायुक्त पेशावरहरू तयार गर्नु। कार्यक्रममा विमान ब्यनर्जी लगायत सीबी नरसिम्हन विशेष अतिथिका रूपमा उपस्थित थिए। यस विशेष परिचर्चा सत्रमा सयकड़ौं संख्यामा कर सल्लाहकार पेशावरहरूले भाग लिए।

के हो आईसीएसआई-

इन्स्टीट्यूट अफ कम्पनी सेक्रेटरीज अफ इण्डिया (आईसीएसआई)- मा कम्पनी सचिवहरूको पेशासित जोड़िनेहरूको विनियमन औ विकासको लागि संसदको एक अधिनियम प्रदान गर्दछ। यिनीहरूले भारत सरकारको कर्पोरेट मामिलाहरूको मन्त्रालयको अधिकार क्षेत्रमा कार्य गर्दछन्। संस्थानको चार क्षेत्रमा फैलिएको ७२ च्याप्टर छ जसमा ६९ हजारभन्दा अधिक सदस्य र लगभग दुई लाख विद्यार्थीहरू सामेल छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement