दक्ष व्यवसायिक कम्पनी सेक्रेटरी तयार गर्ने पहल, कोलकातामा १७औं सम्मेलन आयोजित

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः इन्स्टीट्यूट अफ कम्पनी सेक्रेटरीज अफ इण्डिया (आईसीएसआई)-द्वारा कोलकातामा प्र्याक्टिसिङ्ग कम्पनी सेक्रेटरीजलाई लिएर १७औं क्षेत्रीय सम्मेलनको आयोजन शनिवार गरियो। यस वर्षको सम्मेलनको विषय रहेको छ- ‘श्रेष्ठ कर्पोरेट प्रशासनलाई अग्रगामी बनाउनको निम्ति वैश्विक नेतृत्व हुनु।’ उक्त सम्मेलनको मिशन श्रेष्ठ कर्पोरेट प्रशासनिक सुविधा प्रदान गर्ने उच्च क्षमता भएका पेशावरहरू तयार गर्नु हो।

दोस्रो तकनिकी सत्रको विषय रहेको छ- “भविष्य निर्माण: एसएमई आईपीओले भारतलाई कसरी आकार दिरहेको छ।” यसको प्यानलिस्टमा सीएस (डा.) ममता बिनानी, (पूर्व अध्यक्ष, आईसीएसआई औ पश्चिम बङ्गाल एमएसएमई डेभलपमेन्ट फोरमकी अध्यक्ष, सीए अमन सिंह भदौरिया (म्यानेजर, जीवाईआर क्यापिटल एडभाइजर्स प्राइभेट लिमिटेड), सीएस भरत साहु (उपकन्पनी सचिव, नाल्को) औ सीएस बी नरसिम्हन (आईसीएसआई उपाध्यक्ष)-ले भाग लिए।

यस अवसरमा सीएस (डा.) ममता बिनानी (पूर्व अध्यक्ष आईसीएसआई औ पश्चिम बङ्गाल एमएसएमई डेभलपमेन्ट फोरमकी अध्यक्ष)-ले भनिन्, “आज सारा दुनियाँ युद्ध, गम्भीर बीमारी औ केही सत्ता-विरोधी मुद्दाहरू भएर गुज्रिरहेको अवस्थामा भारतीय अर्थव्यवस्था सारा विश्वको लागि आकर्षणको विषय बन्न पुगेको छ। यो उद्योगपति, व्यापारी तथा विशेष गरी साना र मध्यम उद्यमहरूको लागि चर्चाको विषय रहिआएको छ।

एमएसएमई क्षेत्र जसले देशको जीडीपीमा लगभग 40 प्रतिशत योगदान दिन्छ। प्रत्येक राज्यको जीडीपी यसको एउटा बहुत महत्वपूर्ण अंश हो। देशमा एमएसएमई कम्पनीहरूको लिस्टिङ्गलाई प्रोत्साहित गर्नका लागि उनीहरूको भिन्न-भिन्नै मञ्चहरू छन्, उनीहरूको आकारलाई मध्यनजर गर्दै यो उपायले अधिक दृश्यता र लचिलोपन प्रदान गर्नेछ।

उल्लेखनीय छ, कार्यक्रमको आयोजन देशको सबैभन्दा पुरानो र एकमात्र बहुभाषी न्यूज एजेन्सी हिन्दुस्थान समाचारसितको पार्टनरशिपमा भएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement