सिलगढ़ीः नक्सलबाड़ीको अर्ड चिया कमानबाट शनिवार दुई दिनदेखि हराएको व्यक्तिको शव भेटिएको छ। मृतकको नाम किरण तिर्की (मेरीभ्यू चिया कमान निवासी) बताइएको छ।
जानकारी अनुसार, स्थानीय मानिसहरूले चिया कमानको २६ नम्बर सेक्शनमा उक्त व्यक्तिको शव देखे। जसपछि यसको सूचना नक्सलबाड़ी थानालाई दिइयो। सूचना पाएर पुलिस र पानीघट्टा रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगे। जसपछि शवलाई पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइयो। वन विभाग अनुसार, व्यक्तिको मृत्यु हात्तीको हमलामा भएको हो। मृतकका भजितले बताए, काका मानसिक रूपमा बिरामी थिए। उनी दुई दिनदेखि हराएका थिए। आज हात्तीको हमलामा उनको मृत्यु भएको छ।









