दार्जिलिङ: फूटबल प्रेमीहरुलाई केएफयीको परिवारमा जोडने क्रमलाई जारी राख्दै जीटीए गोल्ड कपको म्याच खेल्न गार्लाङ्ग स्टेडियम पुगेको बेला तीनधारेका पूर्व फूटबलर तथा जीटीए स्पोर्ट्स विभागका भारप्राप्त सभासद नवराज छेत्रीलाई पनि केएफसी परिवारमा स्वागत जनाइएको छ।केएफसीका सह सचिव बिजय लिम्बू, सिनियर सदस्य एलके राईले खदा तथा सयपत्री फूलको माला पहिराएर नयाँ सदस्य सभासद नवराज छेत्रीलाई क्लबमा न्यानो स्वागत जनाएका छन्। स्वागत जनाउने टिममा कार्यकारी अध्यक्ष सुरेन प्रधान पनि थिए जसले केएफसीको लक्ष्य बारेमा सबैलाई अवगत गराए भने टिम लिएर चिफ् कोच दिनकर छेत्री पनि उपस्थित रहेका थिए। केएफसीले फुटबल प्रेमी महानुभावहरूलाई चारैतिरबाट क्लबमा स्वागत जनाइ रहेका छौं अनि सदस्यहरूकै सहयोगमा केएफसी सञ्चालन भईरहेको छ भनी केएफसीको अध्यक्ष सुरेन प्रधानले बताएका छन्। उनले सबैको आशिर्वाद तथा सहयोगले आज क्लबमा सिनियर र जुनियर गरेर प्रायः ५० जना खेलाडीहरु छन् भने केएफसीको नारा नै छ – “भोकल फर लोकल अर्थात् हाम्रो आफ्नै युवाहरु अघि निस्किनुपर्छ।









