२२ जुलाईः बन्दाखेती स्पोर्टिंग क्लब (बीएससी)-को तत्त्वावधानमा आउँदो 8 अगस्तदेखि शुरु गरिने देवकुमारी खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्ट २०२२-को क्रीड़ासूची (फिक्स्चर) जारी गरियो। लंगभ्यू बन्दाखेती खेल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिनेछ। यी ३२ वटा टीमलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। उद्घाटन म्याचमा ३९ जीटीसी वाराणसी आर्मी ए र एसएसएफसी सालबारीबीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल २७ र २८ अगस्तमा खेलिनेछ। फाइनल ४ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।