न्यु जलपाईगुडी थानाको पुलिसले चोरीको सामान बरामद गर्यो

IMG-20231202-WA0213.jpg

सिलगढी: गत नोभेम्बर २० मा छठ पूजाको रात सिलगढीको अशोकनगर इलाकाको एक घरमा भएको चोरीको घटनाको छानबिन गर्दै न्यु जलपाईगुडी थानाको पुलिसले चोरी भएको नगद, सुनका गहना र मोबाइल फोन बरामद गरेको हो। पुलिसले गएराति यी बस्तु बरामद गरेको हो। यी सामानहरू शनिबार दिउँसो न्यु जलपाईगुडी पुलिस स्टेशनमा ल्याइयो। चोरी घटनाको अनुसन्धानपछि पुलिसले मंगलबार राति फुलबारी क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको बताइएको छ। उनीहरुलाई चार दिन हिरासतमा राखेर पुलिसले चोरीका सामान बरामद गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement