प्रभास पाटण (वेरावल): केन्द्रिय गृहमन्त्री अमित शाह शनिवार बिहान आफ्नी धर्मपत्नीसित प्रथम ज्योतिर्लिङ्ग सोमनाथ महादेवको दर्शन गर्न पुगे।
महादेवको दर्शन गरेपछि शाहले सोमेश्वर महापूजा, ध्वजा पूजा औ पाद्य पूजा गरे। देवाधिदेवको श्रीचरणमा उनले जनकल्याणको लागि प्रार्थना गरे।
सोमनाथ मन्दिरमा पुरोहित एवं ऋषिकुमारहरूका श्लोकहरूको उच्चारणमाझ केन्द्रिय गृहमन्त्री औ उनकी धर्मपत्नीले महादेवको पूजा अर्चना गरे। गृहमन्त्रीले महादेव समक्ष गङ्गाजलको अभिषेक गरे। सोमनाथ मन्दिरमा उनले ध्वजारोहण पनि गरे। यस अवसरमा केन्द्रिय गृहमन्त्रीले हरेक महिनाको मासिक शिवरात्रिमा होमात्मक लघुरूद्र यज्ञ गर्ने सङ्कल्प पनि गरे।
सोमनाथ दर्शन अवधि केन्द्रिय गृहमन्त्रीसित सोमनाथ ट्रष्टका सचिव योगेन्द्र देसाई, महाप्रबन्धक विजयसिंह चावडा, कलक्टर एच के वढवाणिया, जिल्ला विकास अधिकारी रविन्द्र खताले, जिल्ला पुलिस अधीक्षक मनोहरसिंह जाडेजा, प्रान्त अधिकारी के वी बाटी, जिल्ला भाजपा प्रमुख महेन्द्र पीठिया, महामन्त्री दिलीप बारड, विशाल वोरा समेत अन्य अधिकारीगण उपस्थित थिए।










