दार्जीलिङ: सन् २०१९ मा भएको लोकसभाको कार्यकाल अब अन्तिम चरणमा पुगेको छl अलग राज्य र पीपीएस फेरि एकपल्ट आशैआशामा बित्ने प्रष्ट देखिएको छl यति खेर भारतीय जनता पार्टी (भाजपा)लाई सहयोग गर्ने दलहरु अतुरिमा परेका छन्l भाजपालाई समर्थन गर्ने एउटा दल क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) ले गोर्खाल्याण्ड राज्य निर्माणको मागलाई अझसम्म भाजपाको सरकारले पूर्ण गर्न बिलम्ब गरेको भन्दै केन्द्र सरकारलाई दबाब दिन आफ्नो कार्यक्रम जोडतोडले शुरू गरेको छ।

क्रमाकपा केन्द्रीय महासचिव नर्बु लामाले पोष्टर अनि पर्चाको सार्वजनिक रिलिज गर्दै भने ‘भाजपाले लगतार पहाडबाट गोर्खाहरूको संवेदशील दीर्धकालिन माग छुट्टै राज्य गोर्खाल्याण्ड दिने आश्वासन र भरोसामा तीनपल्ट सांसद पठाएर पनि अझसम्म यस मागप्रति भाजपा सरकार टसमस नगरेको कारण सरकारलाई चाप सृष्टि गर्नको निम्ति क्रामाकपाद्वारा आजदेखि व्यापकरूपमा पोस्टर अनि पर्चा वितरण गरिनेछl’ उबले भने, ‘यस कार्यक्रम मार्फत सरकारको ढिलाई र संकल्प पत्रमा उल्लेखित गोर्खाहरूको दीर्घकालीन मागको कार्यान्वयनको निम्ति यो कार्यक्रम तर गरिएको हो। यदि अझै पनि भाजपा सरकारले गोर्खाहरूको मुद्दालाई लिएर खेलाइची गर्छ भने त्यसको विरुद्धमा क्रामाकपाले अझै बृहत् आन्दोलन गर्नेछl’ आजको पोष्टर टाँस्ने र पर्चा वितरण कार्यक्रममा संगठन प्रमुख शेखर छेत्री दार्जीलिङ आञ्चालिक सचिव उद्धप खनाल दार्जीलिङ आञ्चालिक सभापति कृष्णवीर राई एवं अन्य सदस्यहरूको उपस्थिति रहेको जानकारी अर्पण राईले दिएका छन्।









