तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयमा पूर्व शिक्षिकाहरूलाई लिएर बिदाई अनि सम्मान कार्यक्रम सम्पन्न

IMG-20231202-WA0224.jpg

खरसाङ: तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयमा पूर्व शिक्षिकाहरूलाई लिएर बिदाई समारोह सम्पन्न भएको छ। उक्त बिदाई समारोह पूर्व प्रधान अध्यापिका मार्थारानी राईको अध्यक्षतामा सम्पन्न भएको छ। शिक्षिका उर्मिला लामाले सञ्चालन गरेको उक्त बिदाई समारोहमा स्वागत सम्भाषण शिक्षिका कल्याणी राईले राखेकी थिइन्। कार्यक्रममा स्कूलकी शिक्षिकाहरूद्वारा स्वागत गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य र कविता प्रस्तुत गरेका थिए। यस क्रममा बाह्रौं श्रेणीकी विद्यार्थी अवन्तिका प्रधानद्वारा कविता, आठौं श्रेणीकी विद्यार्थी स्मृति सुब्बा, दशौं श्रेणीका विद्यार्थीहरूद्वारा नृत्य प्रस्तुत गरिएको थियो।

त्यसरी नै स्कूलका शिक्षिकाहरू, अशिक्षणकर्मीहरू र विद्यार्थीहरूले समूह गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रधान अध्यापिका रोजीरानी राई मुखियाले आफ्नो सम्बोधनमा पूर्व प्रधान अध्यापिका साथै पूर्व शिक्षिकाहरू हाम्रो आईडल हुन् भन्दै तपाईहरू वर्तमान शिक्षिकाहरूको लागि प्रेरणाको स्रोत हुन् भनी बताइन्। उनले सबैलाई स्वागत जनाउँदै उनीहरूको स्कूलप्रतिको योगदानको सराहना गरिन्। यस क्रममा कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गरिन्। यसै कार्यक्रममा पूर्व शिक्षिकाहरूलाई सम्मान जनाइएको छ। यस क्रममा प्रधान अध्यापिका रोजीरानी राई मुखियाको बाहुलीबाट स्मृति चिन्ह्र, उपहार र फूलको बिरुवा प्रदान गरी सम्मान जनाइयो। यस क्रममा पूर्व प्रधान अध्यापिका मार्थारानी राई, पूर्व शिक्षिकाहरू क्रमैले निर्मला राई, प्रितमबरी लामा, गीता बराईलीलाई सम्मान जनाइयो भने दिंवगत भएका पूर्व शिक्षिकाहरू स्व अञ्जली सुब्बाको पति शनिकुमार मोक्तान, स्व उणा राणाको पति कुमार तामाङलाई पनि सम्मान जनाइयो। त्यसरी नै स्कूलको मुख्य क्लर्क स्व अनुपकुमार राईकी पत्नी रत्नमाया राईलाई पनि सम्मान जनाइयो भने अशिक्षणकर्मी लक्ष्मी लामालाई पनि सम्मान जनाइयो। यसै कार्यक्रममा स्कूलको शुभचिन्तकहरू क्रमैले मसीह प्रकाश मोक्तान, जीवनकुमार राई, सिल्भेष्टर लेप्चा र पत्रकार हनोक थापालाई पनि सम्मान जनाइएको छ। यसै कार्यक्रममा २०२१ देखि वर्तमानसम्मको स्कूल प्रबन्धन पक्षको पदाधिकारीहरूलाई पनि सम्मान जनाइएको छ। यस क्रममा बीबी प्रधान, सुरेन बम्जन, उत्तम शर्मा, कृष्णराज छेत्री, इन्द्रराज छेत्री, मनोज तामाङ, रबिन सुब्बा, बिदुर लामा, राजमान तामाङ, दोर्जे तामाङ लगायत अन्यहरूलाई सम्मान जनाइएको छ। यस सम्मान कार्यक्रमलाई शिक्षिका सच्ची प्रधानले सञ्चालन गरेका थिए। यसै कार्यक्रममा स्कूलको नवनिर्मित कोठाको पनि पूर्व प्रधान अध्यापिका मार्थारानी राईको बाहुलीबाट उदघाटन गरिएको छ। कार्यक्रमको एक अंशको रूपमा स्कूलको पुरानो समयको फोटोहरू पनि कम्प्युटरमार्फत् प्रदर्शन गरिएको थियो। कार्यक्रममा सभाध्यक्ष एंव पूर्व प्रधान अध्यापिका मार्थारानी राईले आफ्नो सम्बोधन राख्दै पूर्व शिक्षिकाहरूलाई उनीहरूको योगदानलाई सम्झेर सम्मान जनाएकोमा धन्यवाद दिएका छन्। उनले आफ्नो सम्बोधनमा भने, हामीलाई पुस्तकीय ज्ञानले सकरात्मक र नकरात्मक दुवै ज्ञान दिन्छ तर ईश्वरबाट हामीले सकरात्मक ज्ञान पाउँछौं र हामी सकरात्मक सोच राखेर अघि बढ्नुपर्छ सबैलाई सकरात्मक सोच राखेर अघि बढ्नु पर्ने र यसको लागि एक आपसमा प्रेम, माया, सहिष्णुता र धिरज हुनु पर्ने बताइन्। उनले मेलमिलापले एकता ल्याउने र एकताले सफलता ल्याउँछ भनी सबैलाई असल बन्ने सन्देशमूलक सम्भाषण राखिन्।

पूर्व प्रधान अध्यापिका राईले यो कार्यक्रम पूर्व शिक्षिकाहरूलाई धन्यवाद दिनलाई अायोजना गरिएको छ र यसको लागि धन्यवाद भन्नुपर्छ भन्दै हरेक कुराको लागि धन्यवाद भन्नुपर्छ भनी बताइन्। उनले कार्यक्रममा पूर्व शिक्षिकाद्वय निर्मला राई र प्रितम्बरी लामाले पनि सम्बोधन राख्दै यो सम्मानको लागि धन्यवाद दिन्दै दुवैले आफ्नो कार्यकालको समयको कुराहरू स्मरण गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन शिक्षिका सुनिता प्रधानले राखिन्। तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयमा पाँचौंदेखि बाह्रौं श्रेणीसम्मको छात्राहरूलाई लिएर पढाईने गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement