सड़क दुर्घटनामा युवकको मृत्यु, एक घाइते

IMG-20230528-WA0320-5-300x172-1

जलपाइगढ़ीः सड़क दुर्घटनामा एक युवकको मृत्यु भएको छ जबकि एक अन्य युवक गम्भीर रूपमा घाइते भयो। दुर्घटना शुक्रवार अबेर राति नाथुआ गामी राज्य राजमार्गमा बानरहाटको गन्द्रपारा चिया कमान संलग्न क्षेत्रमा भएको हो। मृतकको नाम शशि रबीदास (३०) बताइएको छ। मृत युवक शालूगढ़ा सैन्य शिविरमा कार्यरत थियो।

जानकारी अनुसार, हिजो राति दुवै युवक बहिनीको बिहेको निम्तो दिएर तोतापारामा बाइकमा घर फर्किरहेका थिए। तब राज्य राजमार्गमा एउटा ट्रेक्टर खड़ा थियो, जससित बाइक ठोकियो। सूचना पाएर बानरहाट थाना पुलिस घटनास्थलमा पुग्यो र दुवैलाई बानरहाट अस्पताल लग्यो, जहाँ चिकित्सकहरूले शशिलाई मृत घोषित गरे। गम्भीर रूपमा घाइते युवकलाई सिलगढ़ी अस्पतालमा भर्ती गराइयो। बानरहाट थाना पुलिसले दुर्घटनामा सामेल बाइक र ट्रेक्टरलाई जफत गरी थाना लगेको छ। ट्रेक्टर चालकको खोज जारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement