भाजपाले आफ्नो वाचा पूरा नगरे हामी सडकमा ओर्लिने छौ: राप्गे राई

IMG-20231202-WA0191.jpg

दार्जीलिङ: भारतीय जनता पार्टीले आफ्नो वाचा पूरा नगरे हाम्रो पार्टी विरोधमा ओर्लिने भएको छ। दार्जीलिङ प्रेस गिल्डमा हाम्रो पार्टीको युवा एकाई हाम्रो युवा शक्ति अध्यक्ष राप्गे राईले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा भारतीय जनता पार्टीले आफ्नो वाचा पूरा नगरे सडकमा ओर्लिने छौ भन्ने तिनले बताए। तिनले अधि भने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले हिज शुक्रबार भाजपाको शीर्ष नेता एंव केन्द्रीय गृहमंत्री अमित शाह र दार्जीलिङको संसद एंव भाजपाको राष्ट्रिय प्रबक्ता राजु विष्टलाई पत्रचार गर्दै विगतको चूनावहरूमा भाजपाले गरेको लिखित वाचाहरूको स्मरण गराएको छ। भारतीय जनता पार्टीले विगतको चूनावहरूमा दार्जीलिङ तराई डूवर्स क्षेत्रको दीर्धकालिन समस्याहरूलाई स्थायी राजनैतिक समाधान गर्ने, गोर्खा समुदायको ११ जात गोष्ठीहरूलाई जन जातिमा समाबेश गर्ने साथै चिया श्रमिकहरूको निम्ति मिनिमम वेजेस लागु गर्ने वाचाहरू गरेको थियो। आजसम्म भारतीय जनता पार्टीले आफ्नो वाचाहरू पूरा गरेको छैन। यी विषयहरूलाई ध्यानमा राख्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले हिज विहिबार केन्द्रीय गृहमंत्री अमित शाह र संसद राजु विष्टलाई पत्रचार गरेको छ।हाम्रो युवा शक्ति अध्यक्ष राप्गे राईले अधि भने शीतकालिन सत्र शुरू हुन जान्दैछ, संसदीय कार्य सूचीमा गोर्खाहरूको कुनै उलेख गरिएको छैन तर दार्जीलिङको संसद एंव भाजपाको राष्ट्रिय प्रबक्ता राजु विष्टले शीतकालिन सत्रमा गोर्खाहरूले न्याय पाउँने संकेत दिएकोले हामी अति नै खुशी छौ साथै निराश भई सकेको मनमा नयाँ जोश र हौसला पलाएको अध्यक्ष राईले बताए। तिनले अधि भने भाजपाले आफ्नो संकल्प पत्रमा उलेख तीन विषयहरू मध्ये कुनै एउटै पनि पूरा गरी दिएको खण्डमा २०२४ को लोकसभा चूनावमा हामी आँखा चिमलेर भाजपालाई समर्थन जनाउने छौ साथै चूनावी प्रचार प्रसारहरू पनि निर्धक्क भएर गर्ने छौ तर अब हुने शीतकालिन सत्रमा भाजपाले आफ्नो वाचा पूरा नगरे हामी भाजपाको विरोधमा ओर्लिने छौ, यसका कुनै संदेह नरहेको अध्यक्ष राईले बताए।तिनले अधि भने चूनाव बहिष्कार समस्याको समाधान होइन, हामीले चूनाव बहिष्कार गर्नु भनेको गोर्खाल्याण्ड विरोधीहरू लाई विजय तुलाउनु हो। गोर्खाहरूको समस्याको समाधान संसदले गर्न सक्छ, जहाबाट गोर्खाहरूले न्याय पाउछ, त्यहा हामीले हाम्रो नेतृत्व पठाउनु अति नै जरूरी अध्यक्ष राईले भने।यस अवधि युवा शक्ति अध्यक्ष राप्गे राईसंग हाम्रो युवा शक्ति सयोजिका नोरा सुब्बा पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement