इम्फाल: मणिपुर पुलिसको अफीमको फसल विरूद्ध अभियान लगातार जारी छ। यही क्रममा पुलिसले उखरूल जिल्लाको मपिथेल पर्वतीय क्षेत्र अन्तर्गत टाङखुल हनडङ गाउँका वरिपरिका क्षेत्रहरूमा अफीमको बारीलाई नष्ट गर्ने व्यापक अभियान चलायो।
मणिपुर पुलिस अनुसार, अभियानमा लगभग ३० एकड़ अफीमको बारीलाई नष्ट गरियो। सुरक्षा बलहरू पुगेको सूचना पाएर यस कारोबारसित जोड़िएका मानिसहरू भाग्नमा सफल रहे।

उल्लेख्य, मणिपुरका पहाड़ी क्षेत्रहरूमा लगातार अफीमको बारी विरूद्ध अभियान जारी छ। यस वर्ष अहिलेसम्म सैकड़ौं हेक्टरभन्दा अधिक अफीमको बारीलाई नष्ट गरिएको छ। मणिपुर पुलिसका साथै असम राइफल्सका जवानहरूका लागि यी बारीहरूलाई नष्ट गर्नु एक ठूलो चुनौती प्रमाणित भइऱहेछ।








