केन्द्र सरकारले बङ्गाललाई वञ्चित गरेको विरुद्ध तृणमूल कङ्ग्रेसको प्रदर्शन

Screenshot_20231202_151508_Samsung-Internet.jpg

राजगञ्ज: केन्द्र सरकारले बङ्गाललाई वञ्चित गराएको आरोप लगाउँदै यसको विरूद्ध तृणमूल कङ्ग्रेसका समर्थकहरूले आज राजगञ्जका बुथहरूमा विरोध प्रदर्शन गऱ्यो। तृणमूल कङ्ग्रेसले १०० दिनको काम अनि आवास योजनाको बकाया रूपियाँ साथै १०० दिनको काम फेरि शुरू गर्ने मागमा राज्य भरिमा २ र ३ दिसम्बरको दिन बुथहरूमा विरोध प्रदर्शन गर्ने आह्वान गरेको छ। यसै अन्तर्गत आज सम्पूर्ण राज्यभरिमैं विरोध रैली निकालिइएको बताइएको छ। यस अन्तर्गत राजगञ्ज ब्लकको बिन्नागढी, मन्तादारी, माझियाली, शिकारपुर, फूलबारी लगायत विभिन्न ग्राम पञ्चायत बुथहरूमा तृणमूल कङ्ग्रेसका नेता अनि कार्यकर्ताहरूले विरोध रैलीमा अंशग्रहण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement