पश्चिमबंग समग्र शिक्षा मिसनद्वारा आयोजित कला उत्सवमा मदारीहाटकी कङ्कना प्रथम स्थानमा

Capture2-1.png

अलिपुरद्वार: पश्चिमबंग समग्र शिक्षा मिसनको तर्फबाट आयोजित कला उत्सवमा क्लासिकल नृत्य विभागमा अलिपुरद्वार जिल्लाको मदारीहाट ब्लकको राङ्गाली बाजना पश्चिम खयेरबारी गाउँ निवासी कङ्कना रायले प्रथम स्थान ओगट्न सफल बनेकी छन्। गत २९ र ३० नोभेम्बरको दिन कोलकातामा उक्त प्रतियोगिताको आयोजना गरिएको थियो। राज्यभरिका मोठ २४ जना प्रतियोगीहरूले उक्त प्रतियोगितामा अंश ग्रहण गरेका थिए भने सबैलाई पछि पार्दै गाउँकी छोरी कोङ्कनाले प्रथम स्थान ओगटेकी छन्। तिनले अब राष्ट्रिय स्तरको प्रतियोगितामा अंश ग्रहण गर्ने अवसर पाएकी छन्। कोङ्कना वीरपाडा हाई स्कुलमा १२ श्रेणीको कला विभागकी छात्रा हुन्। तिनको आमा शिखा राय शिक्षिका हुन् भने बाबा चञ्चल राय व्यवसायी हुन्।

तिनीलाई सानैदेखि नृत्य तथा गायनमा विशेष रुचि थियो। कोङ्कना रायले बताएअनुसार राज्य स्तरपछि अब फेरि राष्ट्रिय स्तरको प्रतियोगितामा सम्पन्न हुनेछ। हायर सेकेन्डरीको परीक्षा नजिकै रहेकोले अब परीक्षापछि डान्स ट्रेनिङ शुरू गर्नेछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement