काेचबिहार: गाउँमा प्रतिदिन गाई-गोरू चोरी भइरहेकोले गर्दा भाजपाको तुफानगञ्ज १ नम्बर मण्डलले आज यसको प्रतिवाद जनाउँदै तुफानगञ्ज भाटीबारी राज्य राजमार्ग अवरोध गरेर विक्षोभ प्रदर्शन गर्यो। यस विक्षोभ प्रदर्शनमा धेरै संख्यामा मानिसहरूले अंश ग्रहण गरेका थिए। गाई-गोरू चोरीलाई रोक्न प्रशासन व्यर्थ भएकोले गर्दा नै आज लगभग १ घण्टासम्म पथ अवरोध गरेको बताइएको छ। घटनाको खबर पाएर तुफानगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूलाई आश्वसन दिएपछि पथ अवरोध हटाइयो। यस विषयमा भाजपा १ नम्बर मण्डल अध्यक्ष युगल किशोर दासले भने, धलपल १ ग्राम पञ्चायत क्षेत्रमा एकपछि अर्को घरबाट लगातार गाई-गोरू चोरी भइरहेको छ। यस विषयमा प्रशासनलाई बारम्बार सूचित गराए तापनि कुनै पहल गरेको छैन। यसैले आज बाध्य भएर आफूहरूले पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरेको हो।









