दुम्सीपाडा बड़ालाइन नेपाली प्राथमिक पाठशालालाई दुई वटा कम्प्युटर प्रदान

Untitled-1-copy-4


बीरपाडा: आज दुम्सीपाडा चियाबारीका शिक्षाप्रेमी सफ्टवेयर इन्जिनियर निहाल तामाङ अनि उनका पिता माता नविन तामाङ र मनिका भेटवलद्वारा सरकारी विद्यालयका विद्यार्थीहरूलाई डिजिटल ज्ञान प्रदान होस् भन्ने उद्देश्यले एक कार्यक्रम बीच दुम्सीपाडा बड़ालाइन नेपाली प्राथमिक पाठशालालाई चाहिने जति आवश्यक दुईवटा कम्प्युटर सेट प्रदान गरियो। युवा शिक्षा अभियन्ता संयोजक निहाल तामाङको प्रयासमा परिवारका सदस्यहरूले दुम्सीपाडास्थित रहेको दुम्सीपाडा बड़ालाइन नेपाली प्राथमिक पाठशालाका विद्यार्थीहरूलाई दुई वटा कम्प्युटर सेट वितरण गरियो।

उक्त कार्यक्रममा दुम्सीपाडाका शिक्षा अभियन्ता निहाल तामाङ, नवीन तामाङ, मनिका भेटवल, समराज तामाङ, पाठशालाका भारप्राप्त शिक्षक उमेश प्रधान लगायत शिक्षक-शिक्षिका, अशिक्षण कर्मचारी, अभिभावक अनि विद्यार्थीहरू उपस्थित थिए। विद्यार्थीहरूलाई कम्प्युटरले पठनपाठनमा केही सहयोग मिल्नेछ , भविष्यमा कुनै नानीहरूलाई फेरि आवश्यक परे सहयोग गर्नेछु भन्दै विद्यार्थीहरूलाई असल शिक्षा ग्रहण गरेर स्वच्छ शिक्षित समाज निर्माण गर्ने प्रेरणा दिए शिक्षा अभियन्ता निहाल तामाङले। दुईवटा कम्प्युटर सेट पाएर विद्यार्थीहरू खुशी बनेका थिए।

उक्त विद्यालयका भारप्राप्त शिक्षक उमेश प्रधानले शिक्षा अभियन्ता निहाल तामाङ अनि परिवारको सराहनीय कार्यको निम्ति विद्यालय परिवार पक्षबाट आभार पत्र शिक्षा अभियन्ता निहाल तामाङलाई प्रदान गरियो। निहाल तामाङ लगायत सम्पूर्ण परिवारका सदस्यहरूलाई कृतज्ञता प्रकट गरे। प्राप्त भएको कम्प्युटरले विद्यार्थीहरूलाई धेरै लाभ हुने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement