गोरामुमोद्वारा छैटौं अनुसूची सम्झौता दिवस भव्य रुपमा पालन गरिने

IMG-20231202-WA0162.jpg

दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आगामी ६ डिसेम्बर २०२३ को दिन भव्य रुपमा छैटौं अनुसूची सम्झौता दिवस पालन गर्ने भएको छ। गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा उक्त दिन छैटौं अनुसूची सम्झौता दिवस पालन गरिने भएको छ। यसै विषयमा छलफल गर्नलाई आज गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीद्वारा पार्टी कार्यालयमा ब्राञ्च अध्यक्ष एमजे सुब्बाको अध्यक्षता बसेको सभामा छैटौं अनुसूची सम्झौता दिवस पालन गरिनेबारे व्यापक छलफल गरिएको ब्राञ्च कमिटीका महासचिव सन्दिप लिम्बूले जानकारी दिएका छन्। उनले जानकारी गराए अनुसार गोर्खा राष्ट्रिय नारी संगठन दार्जीलिङ ब्राञ्च कमिटी, गोर्खा राष्ट्रिय युवा मोर्चा दार्जीलिङ ब्राञ्च कमिटीसंग संयुक्त सभामा गोर्खा दु:ख निवारक सम्मेलन भवन दार्जीलिङमा भव्य रुपमा छैटौं अनुसूची सम्झौता दिवस पालन गरिने सभाले प्रस्ताव पारित गरेको छ। सन्दिप लुम्बुले थप जानकारी गराए अनुसार उक्त दिन वर्तमान पहाडको राजनैतिक परिवेश, दिल्लीको चलखेल साथै गोरामुमो पार्टी र अध्यक्ष मन घिसिङको भूमिका कस्तो रहेको छ त्यस विषयलाई लिएर गोरामुमो पार्टीले जानकारी गराउने सन्दिप लिम्बूले जानकारी गराएका छन्।

यसको साथै उनले ६ डिसेम्बर २०२३ को दिन छैटौं अनुसूची सम्झौता दिवसको सबैलाई आफ्नो उपस्थिति दिन अपिल समेत गरेका छन्। आजको सभामा गोरानासं दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्षा बसुन्धारा प्रधान, गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवल, केन्द्रीय समिति सदस्यगण, चौधवटा समष्टिका अध्यक्ष अनि सचिव लगायत अन्य भ्रातृ संगठनका प्रतिनिधिवर्ग उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement