कोविड़ सिक्किम: कोरोनाको २७६ नयाँ मामिला, ८४ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु

IMG_20220719_140716.jpg

गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोनाको मामिलामा वृद्धि भइरहेको छ। यसै क्रममा आज कोरोनाको २७६ वटा नयाँ मामिला अघि आएको र ८४ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। यो रोगले आज १ जनाको मृत्यु पनि भएको विभागले जनाएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल १९१० जनाले कोरोना जाँच गरेकोमा, गान्तोक जिल्लाबाट ७० वटा, पाकिमबाट ३०, गेजिङबाट ११ वटा, सोरेङबाट १८ वटा, नाम्चीबाट १२६ र मंगन जिल्लाबाट २१ जना गरि कुल २७६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या बढ़ेर ११५० पुगेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर १४.४५ प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ३८,५३४ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४०,९२३ जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४६६ जनाको मृत्यु भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement