नयाँ दिल्ली: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यहॉं संयुक्त राष्ट्रको तत्वावधानमा पर्यावरण संरक्षणमाथि आयोजित कन्फ्रेन्स अफ् द पार्टी-२८ (कप-२८)मा भाग लिएर शुक्रवार राति स्वदेश फर्किए।
प्रधानमन्त्री मोदीले दुबई यात्रा अवधि विभिन्न देशका राष्ट्र अध्यक्षहरूसित भेट गरे।
उनले संयुक्त अरब अमीरात (यूएई) को शिखर सम्मेलनको सफल आयोजनको निम्ति बधाई दिए। उनले सम्मेलनमा यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसॅंग पनि भेट गरे। उनले आगामी महिना भारतमा हुने भाइब्रेन्ट गुजरात शिखर सम्मेलनको निम्ति आमन्त्रित गरे।
प्रधानमन्त्री मोदीको इटलीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसॅंग पनि भेट गरे। मेलोनीले उनीसॅंग सेल्फी लिए र सोशियल मिडियामा पोस्ट गरेका छन्। प्रधानमन्त्री मोदीले मेलोनीलगायत ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनक, ब्राजीलका प्रधानमन्त्री लुइज इनासियो लूला दा सिल्वा, ब्रिटेनका विदेश मन्त्री डेविड क्यामरन, पूर्व ब्रिटिश पीएम टोनी ब्लेयरसॅंग पनि भेट गरेका छन्।









