सालबारीको त्रिरत्न बुद्धिष्ट मोनाष्ट्रीमा २५६६वाँ बुद्ध जयन्ती

Salbaarii

सिलगढी: सालबारीस्थित त्रिरत्न बुद्धिष्ट मोनाष्ट्रीमा २५६६वाँ बुद्ध जयन्ती विशेष रुपमा पालान गरियो। गुम्बाका संस्थापक एंव प्रमुख धर्मगुरु श्रद्धेह डा० नावाङ थिन्ले ग्यात्सो रिम्पोछेको अगुवाईमा बिहान भव्य ‘शान्ति यात्रा निकालियो। बुद्ध पूर्णिमाको शुभअवसरमा सबैलाई शुभकामना अनि अशिर्वाद दिए। रिम्पोछेले हाल त्रासित बनाएको कोरोनाको प्रकोप चाँडोभन्दा चाँडो निर्मुल भएर जाने अनि रोगले ग्रसित विमारीहरू चाँडो निको हुने पूजा अर्चना गरियो। यस वर्षको सांस्कृतिक कार्यक्रममा सिलगढीको प्रख्यात “दाजु बहिनी कला केन्द्र’’का संस्थापक किशोर थापाले आफ्नो केन्द्रका विद्यार्थीद्वारा थुप्रै कोसेलीहरु दिए। यसरी नै ख्यातिप्राप्त गायक कर्म शेर्पाको टोलीले पनि विशेष प्रस्तुतिहरु दिए। हास्यव्यङ्ग कलाकार महेन्द्र बागदासले आफ्नो प्रस्तुतीद्वारा समैलाई मनोरन्जन गराए। यसरी दावा तामाङले स्वरचित तामाङ सेलो गएर सबैलाई मन्त्रमुग्ध पारे। सालबाराका युवा कलाकारहरुले आफ्नो नृत्य, गायन, धुनहरु प्रस्तुत गरे। यसरी नै समाजलाई निस्वार्थ सेवा पुर्याउने व्यक्तित्वहरु टंक शर्मा (नाट्यकलाकार), पेम्बा तामाङ( अलोम्पिक गेम्स सुटर), वीर बहादुर रुचाल, (साहित्य) बल बहादुर मुखिया (अलांकार ) साहित्य र रिजोङ तामाङ (राष्ट्रिय स्वर्ण पदक विजेता कराते) लाई सम्मान जनाइयो।  अध्यक्ष वाङदी शेर्पा, सचिव निरज तामाङले सबैलाई धन्यवाद जनाए।  बुद्ध तमाङ र श्रीमरी आशा थापाले कार्यक्रम सञ्चालन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *