गान्तोक: विश्व एड्स दिवसको अवसरमा सिक्किम ड्र्ग यूजर्स फोरमले आज राजधानीमा एचआइभी एड्स बारे चनचेतना जगाउन मेराथन डौड़को आयोजना गरेको थियो। सिक्किम एड्स कन्ट्रोल सोसाइटी-को सहयोगमा आयोजित मेराथनमा विभिन्न उमेर वर्गका पुरुष अनि महिला गरी करिब 4 लय धावकले सहभागिता जनाएका थिए। एमजी मार्गदेखि आरम्भ भएको मेराथन राष्ट्रिय राजमार्ग १०मा हस्पिटल डाँड़ा, जीरो पोइन्ट हुँदै भानुपथ, मिन्तोकगाङ, टाशीलिङ सचिवालय, नामनाङ मार्ग भएर फेरि एमजी मार्ग आएर समाप्त भयो।
प्राणघाटक रोग एचआइभी एड्स बारे सचेतना जगाउने उद्देश्यले आजको मेराथन डौड़ आयोजना गरिएको सिक्किम ड्रग युजर्स फोरमका अध्यक्ष दिपेन्द्र राईले बताए। उनले जानकारी गराएअनुसार आजको दिन विभिन्न सङ्गठनको सहकार्यमा राजधानीमा एचआइभी एड्स बारे विविध कार्यक्रम आयोजना गरिएको छ जसमा राज्य अनि राज्य बाहिरबाट पनि केही कलाकारहरूले प्रस्तुती दिनेछन्।

धावकहरूलाई प्रोत्साहित गर्न मेराथन म्यान अफ् सिक्किमको नामले चिनिने अन्तर्राष्ट्रिय मेराथन धावक अमर सुब्बाको पनि विशेष उपस्थिति रहेको थियो। मेराथनको सामपन पछि सबै धावकहरूलाई प्रमाणपत्र प्रदान गरियो।









