सिङ्ताम: टिस्टा नदीको बाड़को चपेटमा परेर मृत्यु भएका मानिसहरुका आत्मालाई चीर शान्ति मिलोस भन्ने उद्देश्यले सिङ्ताम नेपाली संगठनले पण्डित, लामा, धामी-झाँक्री, गुभाजु, पादरी-को संषुक्त समागममा आज १ देखि ३ दिसम्बरसम्म तीन दिवसीय प्रार्थना सभा एंव शान्ति पूजा आयोजन गरेको छ। आज बिहान मुख्य अतिथि एंव विधायक उगेन टी. ग्याछो भोटिया अनि विशिष्ट अतिथि एंव पूर्व विधायक एम प्रसाद शर्माले दीप प्रज्जवलन गरी तथा पूजा अर्चना गरेर यस पूजा शुभारम्भ गरे। आज पहिलो दिन लामा, पण्डित अनि गुभाजुहरुद्वारा आ-आफ्नो विधि-विधानको साथमा पूजा गरि बाड़ले मृत्यु भएका मानिसहरुका आत्मा शान्तिको निम्ति पूजा सम्पन्न गरियो। मुख्य अतिथि उगेन टी. ग्याछोले लामा, पण्डित र गुभाजु सबैको पूजा मण्डपमा पुगेर पूजा गरे। यस पूजामा एसएनपी अध्यक्ष सुरेश तामाङ, पार्षदगण,
वरिष्ठ समाजसेवी सुमती छेत्री, खाद्य विभागका डिपुटी डाइरेक्टर श्याम कुमार राई अनि अन्यान्य अतिथिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अवसरमा डा. सतीश रसाईली मानसिक तनावमाथि महत्त्वपूर्ण वक्तव्य राखेका थिए। बिहान टिस्टा नदीबाट जल उठाएर विशाल शोभायात्रा एंव कलश यात्रा निकालेर सम्पन्न गरिएको यस पूजाको अवसरमा मुख्य अतिथि उगेन टी. ग्याछोलाई आयोजक समितिद्वारा एक स्मृति चिन्ह प्रदान गरि सम्मानित गरियो।










