जेनेभाः मोरक्को, पोर्चुगल र स्पेन फिफा २०३० विश्वकप आयोजना गर्ने दौडमा सामेल भएका छन्। बिहीबार माथिको जानकारी दिँदै फिफाले यी देशहरूबाट बिडिङ सम्झौता प्राप्त गरेको जनाएको छ।
फिफाले यसअघि उरुग्वे, अर्जेन्टिना र पाराग्वेलाई पनि २०३० विश्वकप खेलसहित शताब्दी समारोह आयोजना गर्न बोलपत्रदाताको रूपमा पुष्टि भएको बताएको थियो। फिफाले आयोजकको नियुक्ति फिफा कंग्रेसले गर्ने जनाएको छ। फिफा ले जनवरी २०२४ मा सबै बोलपत्रदाताहरूसँग लक्षित संवाद गर्नेछ र पूर्ण मूल्याङ्कन प्रक्रिया पछि यसको मूल्याङ्कन रिपोर्ट प्रकाशित गर्नेछ।










