गेजिङमा आयोजन हुने पहिलो कञ्चनजङ्घा अन्तरराष्ट्रिय कराँटे च्याम्पियनशीप

Screenshot_20231201_230231_YouTube.jpg

गेजिङ: गेजिङ जिल्ला कराँटे एसोसिएशनले पहिलो कञ्चनजङ्घा अन्तरराष्ट्रिय कराँटे च्याम्पियनशीप आयोजना गर्ने भएको छ। कराँटे च्यामपियनशीप आगामी १७ र १८ दिसम्बरमा गेजिङ जिल्लाको हि-बजार सार्वजनिक खेल मैदानमा आयोजन हुनेछ।

प्रतियोगितामा भारतको विभिन्न राज्य र खेल सङ्गठनका खेलाडी बाहेक असम र बङ्गलादेशका कराँटे खेलाडीको पनि सहभागिता रहने आयोजक पक्षले जानकारी दिएको छ। प्रतियोगितामा कूल 68 वर्गका खेल हुनेछन् जसका लागि ४०० अधिक खेलाडीले भाग लिनसक्ने आयोजकले बताएको छ।

यसमा सिक्किमका १५० जति खेलाडीले सहबागिता जनाउनेछन्। प्रतियोगितालाई सफल बनाउन सिक्किम ओलम्पिक एसोसिएशन र सिक्किम स्टेट कराँटे डो एसोसिएशनले सहयोग दिनेछन्। यो खेल गाउँमा आयोजन गर्नुको पछि खेल पर्यटनलाई विकास गराउने लक्ष्य रहेको आयोजक गेजिङ जिल्ला कराँटे एसोसिएशनका प्रचार सचिव महेश विष्टले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement