पासाङ ग्याली शेर्पा र सोनाम शेर्पा एसडीएफमा सामेल हुने

IMG-20230410-WA0169-11-300x172-1

गान्तोक: सामाजिक कार्यकर्ता तथा सिक्किमे नागरिक समाजका महासचिव पासाङ ग्याली शेर्पा र सिक्किमे नागरिक समाजका संयुक्त सचिव पदमा रहेका सोनाम शेर्पा विपक्षी एसडीएफ पार्टीमा सामेल हुने भएका छन्।

उनीहरू दुवैले शुक्रवार बिहान एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङसँग भेट गरेर सिक्किमको राजनीति लगायतका विषय बारे चर्चा गरिसकेका छन्।

उनीहरू कहिले एसडिएफमा सामेल हुने भन्ने मिति भने तय नभएको थाहा लागेको छ। पवन चामलिङसँग भेट गरेर चर्चा गरिसकेका सोनाम शेर्पाले आफूहरू एसडीएफमा सामेल हुने विषयबारे चर्चा भएको, तर कहिले हुने त्यो अहिले नै तय नभएको बताए। उनले आफूहरूसित अन्य मानिसहरू पनि एसडीएफमा सामेल हुनेछन् भन्ने बताए। सिक्किमको राजनीतिको वर्तमान स्थितिलाई हेरेर नेतृत्व गर्नसक्ने क्षमतालाई आधार मानेर एसडीएफमा सामेल हुने तय गरेको शेर्पाले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement