राज्यका मुख्य सचिव भीबी पाठकद्वारा सरकारी वाहन ई-परमिट प्रणालीको शुभारम्भ

n561492944170145125113540cc112fa8f78fd0338873acfb4f756e5b86b9d82e6c3bc8d670e907d40928f5.jpg

गान्तोक: राज्यका मुख्य सचिव भीबी पाठकले आज राज्य सचिवालय टाशीलिङबाट सरकारी वाहनहरूको निम्ति वाहन परमिट जारी गर्ने इनलाइन पोर्टल अटोपास.सिक्किम.जीओभी.इन-को शुभारम्भ गरे।

राज्यको सूचना प्रविधि विभागको सहयोगमा राज्यको गृह विभागद्वारा यो पोर्टल विकसित गरिएको हो।

राज्यको सीमा नाकाबाट आवत-जावत गर्ने सरकारी सवारी साधनलाई अनुमति दिने प्रक्रियालाई सरल र नियमन गर्ने उद्देश्यले अनलाइन पोर्टलको विकास गरिएको हो। गृह विभागको अधिसूचना संख्या होम/प्रोटोकल/२०२३/४४५ अनुसार, अनलाइन जारी गरिएको अन्तरराज्यीय अनुमति दार्जीलिङ, कालेबुङ जिल्लाहरू र पश्चिम बंगालको एनजेपी रेलवे स्टेशन र बागडोग्रा विमानस्थलसम्मको यात्राको लागि मान्य हुनेछ।

अनलाइन प्राप्त परमिट सरकारी वाहनहरू राज्य बाहिर निस्कँदा अनि प्रवेश दुवै अवधि सबै राज्य सीमा जाँच चौकीहरूमा देखाउनु पर्नेछ। योसँगै सरकारी वाहनहरू राज्यबाहिर निस्कँदा अनि प्रवेश अवधि परमिटको जाँच अनि रेकर्ड बनाइराख्नको जिम्मेवारी सम्बन्धित सीमा जाँच चौकीहरूमा तैनात पुलिसकर्मीहरूको हुनेछ। राज्य बाहिर यात्राको लागि पञ्जीकरण संख्या दोहोरो अंक रहेको वाहनहरूसँगै सबै सरकारी वाहनहरूको निम्ति अनलाइन परमिट अनिवार्य हुनेछ।

तथापि, क्याबिनेट मन्त्रीगण, विधायकगण, मुख्य सचिव, डीजीपी, गृह विभागीय अतिरिक्त मुख्य सचिव, जिल्लापाल, जिल्लामा पुलिस अधीक्षकसँग संलग्न वाहनहरू अनि पायलट/एस्कर्टसँग प्रदान गरिएको गण्यमान्य व्यक्तिहरूका वाहनहरूलाई भने छूट दिइनेछ। एचओडी/सचिवगण अनि समकक्ष पदसँग संलग्न दोहोरो अंक रहेका वाहनहरू अनि गृह विभागद्वारा गोलो स्टिकर (रातो) प्रदान गरिएका वाहनहरूलाई राज्य बाहिर यात्राको निम्ति शुल्कको भुक्तानबाट छूट दिइनेछ। तर सरकारी वाहनहरूद्वारा अन्तरराज्यीय यात्राको रेकर्ड बनाइराख्नको निम्ति परमिटको निम्ति अनलाइन आवेदन गर्नु अनिवार्य रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement