अलिपुरद्वारको राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा दुई जना घाइते

IMG-20230528-WA0320-5-300x172-1

अलिपुरद्वार: अलिपुरद्वारको ३१ नम्बर राष्ट्रिय राजमार्गको सामुकतला रोड इलाकामा सडक दुर्घटनामा दुईजना घाइते भएको छ। प्राप्त जानकारी अनुसार बारबिसाबाट एउटा वाहन अलिपुरद्वारतर्फ गइरहेको समय एउटा ट्र्याक्टर सामुकतला रोड इलाकाको राष्ट्रिय राजमार्ग पार गरिरहेको थियो। त्यस समय उक्त वाहनले ट्र्याक्टरलाई धक्का दिएपछि वाहन र ट्र्याक्टर सडकमा पल्टियो। उक्त घटनामा वाहनमा सवार दुईजना घाइते भएपछि तिनीहरूलाई उद्धार गरेर अलिपुरद्वार जिल्ला अस्पतालमा पठाइएको छ। सामुकतला थाना पुलिस घटनास्थलमा पुगेर दुईवटा वाहन आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement