सिलगढी: बैकुण्ठपुर वन विभागको डबग्राम रेन्जले गोप्य स्रोतबाट सूचना पाएर करोडौंको काठ र फर्निचर बरामद गरेको छ। यो अपरेशन शुक्रबार सिलगढी नजिक असिघर क्षेत्रमा गरिएको थियो। गोप्य स्रोतबाट प्राप्त जानकारी अनुसार चारपाङ्ग्रे सवारी साधनलाई रोकेर शंकास्पद व्यक्तिको खोजी गर्दा उक्त ट्रकबाट काठका फर्निचर बरामद भएको थियो।

घटनामा लरी चालक र सहचालक पक्राउ परेका छन्। यस विषयमा वन विभागले अनुसन्धान थालेको छ।










