कुकुर र मान्छे बीचको आत्मियताबारे म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो)     

404603546_360762556468007_364441628788387210_n

ए बी ड्रिम क्रियसनको प्रस्तुतिमा बनेको म्युजिक भिडियो अमेरिकाको विभिन्न ठाउँमा छंयाकनको काम सकिएको एक प्रेस विज्ञप्तिमा बताइएको छ। विज्ञप्तिका अनुसार, मानिस र कुकुरबिचको आत्मियता र प्रेमको बिषयलाई देखाउन खोजेको छ। वास्तवमा कुकुर निकै राम्रा जनावर हो। जसले आफ्नो  र पराइ मान्छे मज्जाले चिन्छ। आफ्नो र पराई छुट्याउन सक्ने ज्ञान भएको कुकुर पनि हामी जस्तै हो भन्ने संदेश दिन खोजेको छ। कुनै अप्रिय घटना हुन लाग्यो भने भुकेर संकेत दिने कुरा त यहाहरूलाई थाहा नै छ। अनजान मान्छे देख्यो भने भुकेर सूचना दिन्छ। हो यनै वफादार कुकुरको प्रेमले भरिएको भिडियो चाडै यहाहरू माझ आउँदै छ। यसमा गायक स्वरूप राज आचार्यको स्वर र संगीत रहेको छ भने रमेश दियालीको शब्दमा विशाल गुरुङ र टिमले भिडियो निर्माण गरेका हुन। लेख्न छुटेको कथा जस्तै गीतको भिडियोलाई बिशाल गुरूगं लक्ष्मण दियालीले निर्देशन गरेका छन् भने अशोक भुजेलको छाँयाकंनमा रमेश दियाली, ऐष्टर, जेकी, विशाल गुरुङ र रोहिस सेड जेरले अभिनय गरेका छन्। ए बी ड्रिम क्रियसनको अफिसियल च्यानल बाट रिलिज हुने भिडियोले दर्शकहरूको मन जित्ने छ भन्ने आशा राखेको छ। अमेरिकाको हेरिसवर्गमा कार्यक्रम गरेर यस भिडियोलाई विमोचन गरिएको थियो। उक्त कार्यक्रममा इण्डियन आईडलका दोस्रो विजेता अमित पलले आधा दर्जन गीत गाएर भिडियो विमोचन गरिएको थियो। विज्ञप्तिमा यसरी बताइएको छ, ‘बाटोको कुकुरलाई तपाईं हामीले आहारा दिएनौँ भने ऊ कसरी बाँच्छ? उनीहरू न चराचुरुंगी जसरी उडेर टाढा टाढा पुगेर आहार खोज्न सक्छन्। मान्छेले बरु झ्याल लगाउँदैनन् तर दैलो बन्द गर्छन्। कुकुरलाई हामीले कुकुर भनेर दुर्व्यबहार गरिहँदा हामी आफू मान्छेचाहिँ कत्तिको मानवीय व्यवहार गरिरहेका छौं त?’ यस भिडियोमा देखाउन खोजेको पनि यिनै कुराहरू छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement