नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २१,८८० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,३८,४६,०६५ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ ६० जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,२५,९३० जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा २१,२१९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,३१,७१,६५३ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.४६℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेरा १,४९,४८२ पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ४,९५,३५९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८७,१६,५६,२०५ जनाको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ३७,०६,९९७ जनाले कोरोना खोप लगाउनको साथ कुल २,०१,३०,९७,८१९ जनाले यो खोप लगाइसकेको छन्।