राँची (झारखण्ड)- केन्द्रिय गृहमन्त्री अमित शाह शुक्रवार हजारीबागस्थित झाँसी रानी परेड मैदानमा बीएसएफको ५९औं स्थापना दिवस समारोहमा सामेल भए। यस अवसरमा उनले परेडको सलामी ग्रहण गरे। गृहमन्त्रीले बीएसएफका जवानहरूलाई पदक प्रदान गरी सम्मान जनाए।
समारोहमा बीएसएफको सभी फ्रण्टियरको महिला-पुरुषका टुकड़ीहरूले भाग लिए। बीएसएफका जवानहरूले केही आश्चर्यचकित पार्ने चटकहरू पनि प्रदर्शन गरे। बीएसएफको एयरविङ्ग हेलिकप्टर, ऊँट औ घोड़सवारी दल, बाइक टीम, डग टीम, प्याराग्लाइडिङ्ग सहित अन्य दलहरूले पनि प्रदर्शन गरे।
बीएसएफका डीजी नितिन अग्रवालले बीएसएफको ५९औं स्थापना दिवसमा सबैलाई स्वागत जनाए। साथै 1068 शहीद जवानहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। उनले भने, १९३ बटालियनको साथमा यो देशकै सबैभन्दा विशाल सीमा सुरक्षा बल हो। उनले बताए, बितेको एक वर्षको अन्तरालमा बीएसएफले १५० किलोग्राम हेरोइन र १५० किलोग्राम सुन जफत गरिसकेको छ। पाकिस्तानको ९० वटा ड्रोनलाई ध्वस्त बनाइसकेको छ। यस अवसरमा केन्द्रिय मन्त्री अन्नपूर्णा देवी, सांसद जयन्त सिन्हा सहित अन्यको उपस्थिति थियो।
-हिस









