कन्टेनरबाट ९१ किलो गाँजा जफत

IMG-20230410-WA0169-11-300x172-1

कोचबिहारः निशिगञ्ज चौकी पुलिसलाई ठूलो सफलता हात लागेको छ। निशिगञ्ज चौकी पुलिसले एक कन्टेनरबाट ९१ किलो गाँजाको साथ दुई जनालाई पक्राउ गरेको छ।

पुलिस सूत्रअनुसार, थाना सामू हिजो राति गुप्त सूचनाको आधारमा नाका चेकिङमा कोचबिहारबाट राजस्थान गइऱहेको एउटा कन्टेनरलाई रोकेर तलाशी लिइयो। त्यसबाट ९१ किलो गाँजा जफत भयो। जसपछि कन्टेनरलाई जफत गरियो। चालक सहित दुई जनालाई पक्राउ गरिएको छ।

पुलिस सूत्रहरू अनुसार, अघिको जाँचको निम्ति आऱोपितहरूको नाम गुप्त राखिएको छ। निशिगञ्ज चौकी पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement