जूटाले सीजेआलाई लेख्यो चिट्ठी, स्थाई कुलपतिको नियुक्तिको माग

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः जादवपुर यूनिवर्सिटी टीचर्स एसोसिएशन (जेयूटीए) ले भारतका मुख्य न्यायाधीश (सीजेआई) डीवाई चन्द्रचूड़लाई एउटा चिट्ठी लेखेर स्थायी कुलपति (वीसी) को नियुक्ति सुनिश्चित गर्नमा उनले हस्तक्षेप गर्ने माग गरेको छ।

शिक्षक संगठनका एक प्रतिनिधिले भने, जेयूटीएले आफ्नो चिट्ठीमा विस्तारमा बताएको छ कि छह महिनादेखि स्थायी वीसी उपस्थित नभएकोले विश्वविद्यालय सैक्षणिक दृष्टिकोणले कसरी प्रभावित भइरहेछ। अहिले बुद्धदेव साव अन्तरिम वीसी हुन्। यो न केवल जेयूको मामिलामा तर पश्चिम बंगालका अन्य धेरै विश्वविद्यालयहरूका लागि गवर्नर हाउस र राज्य़ शिक्षा विभागबीच एक विवादास्पद मुद्दा रहेको छ। मुख्य छात्रहरूको छात्रावासमा एक नाबालिग नवागन्तुकको ऱ्यागिङसित सम्बन्धित आत्महत्यामा विश्वविद्यालय विवादमा फंसेपछि सावलाई अन्तरिम वीसीको रूपमा नियुक्ति गरिएको थियो।

यद्यपि, उनको नियुक्तिले जटिलता समाप्त हुन सकेन किनभने शिक्षा विभागले सावद्वारा जेयूको कुनैपनि कार्य समितिलाई बोलाउनुको बारम्बार विरोध गरेका थिए। विभागको तर्क छ, अन्तरिम वीसीको रूपमा सावलाई यस्ता बैठकहरू बोलाउने अधिकार छैन। जेयूटीए प्रतिनिधिले भने, यस्तो स्थितिमा विश्वविद्यालयका शैक्षणिक मामिलाहरूसित सम्बन्धित महत्वपूर्ण निर्णय लम्बित छ। धेरै फाइलहरूलाई अनुमति दिनु बाकी छ। विश्वविद्यालयको कार्यात्मक गति धेरै सुस्त भइरहेछ। यसैले हामीले सीजेआईलाई चिट्टी पठाएका छौं, यसमा समस्याहरूमाथि प्रकाश पारिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement