अवैध बलुवा लोड गरिएको एउटा ट्र्याक्टर जफत

IMG-20230410-WA0169-11-300x172-1

अलिपुरद्वारः बलुवाको अवैध खनन विरूद्ध कालचिनी थाना पुलिस लगातार छापामारीमा जुटेको छ। पुलिसको अवैध बलुवा खनन विरूद्ध कारबाहीले बलुवा माफियाहरूमा भयको माहोल छ। अब कालचिनी भू-राजस्व विभागका अधिकारीहरूले पनि छापामारी शुरू गरेका छऩ्।

आज बिहानै कालचिनी भू-राजस्व विभागका अधिकारीहरूले कालचिनी ब्लकको हेमिल्टनगञ्ज फरवर्ड नगर क्षेत्रबाट बलुवा लोड गरिएको ट्र्याक्टर जफत गरेका छऩ्। यद्यपि, यस अवधि ट्र्याक्टर चालक घटनास्थलबाट भाग्नमा सफल रह्यो।

जानकारी अनुसार, कालचिनी ब्लकका विभिन्न नदीहरूबाट अवैध बलुवा तस्करीको शिकायतहरू कालचीनी-भू-राजस्व विभागले पाइरहेको थियो। यही सूचनाको आधारमा विभागीय अधिकारीहरूले अभियान चलाएर एउटा बलुवा लोड गरिएको ट्र्याक्टरलाई जफत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement