कोलकाताः कथित रूपमा राष्ट्रगानको अपमान गरेको आरोपमा पुलिसले भाजपाका ११ जना विधायकहरूविरूद्ध प्राथमिकी दर्ता गरेको छ। दुई अलग-अलग प्राथमिकीमा विधायकहरूमाथि राष्ट्रगान र संविधानको अपमान गरेको आरोप लगाइएको छ। पश्चिम बङ्गाल विधानसभाका अधिकारीद्वारा दर्ता सिकायतको आधारमा लाल बजारस्थित कोलकाता पुलिस मुख्यालयको हेयर स्ट्रीट थानामा प्राथमिकी दर्ता गरिएको छ।
के हो यो मामिला
वास्तवमा पश्चिम बङ्गाल विधानसभामा गत बुधवार साँझ तृणमूल कङ्ग्रेस र भाजपा विधायकहरूले एका-अर्काको विरोधमा प्रदर्शन गरिरहेका थिए। दुवै तिरबाट चोर-चोरको नारा लगाइरहेको थियो। यसबीच मुख्यमन्त्री ममता ब्यनर्जीले आफ्ना पार्टीका विधायकहरूलाई राष्ट्रगान गाउन लगाइन्। भाजपा विधायकहरूमाथि आरोप, मुख्यमन्त्री सहित सत्ता पक्षका विधायकहरूले राष्ट्रगान गाइरहेको बेलामा भाजपा विधायकहरूले त्यहाँ उभिनको सट्टा चोर-चोरको नारा लगाइरहे।
त्यसपछि विधानसभाका एकजना अधिकारीको सिकायतमा बिहीवार पुलिसले विधायकहरू क्रमैले सुदीप कुमार मुखर्जी, मालती रेवा रोय, चन्दना बाउरी, नीलाद्रि शेखर दाना, मिहिर गोस्वामी, मनोज कुमार उरावँ, सुमन काँजीलाल, दीपक बर्मन, हिरण्मय चट्टोपाध्याय, मनोज तिग्गा र शङ्कर घोषमाथि प्राथमिकी दर्ता गरेको छ।
त्यसपछि शुक्रवार यिनीहरूमध्ये पाँचजना विधायकहरू क्रमैले नीलाद्रि शेखर दाना, दीपक बर्मन, मनोज टिग्गा, शङ्कर घोष र सुदीप कुमार मुखर्जीविरूद्ध अर्को प्राथमिकी पनि दर्ता गरियो। यिनीहरूमाथि संविधानको अपमान गरेको आरोप लगाइएको छ। यसलाई लिएर भाजपा चर्को विरोध गरेको छ। विधायक अग्निमित्रा पलले भनेकी छन्, मानिसहरूको आवाज उठाएकोमा भाजपा विधायकहरूलाई सताउने काम गरिँदैछ।
-हिस









