अजय एडवाडर्सद्वारा गृह मन्त्री अमीत शाह र सांसद विष्टलाई पत्रचार

IMG-20231121-WA0237.jpg

भाजपाले हाम्रो मांग पूरा नगरे हाम्रो पार्टीले घुडा धसेर विरोध जनाउनेछ : अजय एडवर्ड

दार्जीलिङ: भारतीय जनता पार्टीले गोर्खाहरूसंग गरेको वाचा पूरा गरे २४ को आम चुनावमा हाम्रो पार्टीले आँखा चिम्लेर समर्थन गर्ने वाचा गर्दै अध्यक्ष अजय एडवाडर्सले गृह मन्त्री अमित शाह र सासंद राजु विष्टलाई पत्रचार गरी जनाएका छन्। भारतीय जनता पार्टीको शीर्ष नेता एंव केन्द्रीय गृहमन्त्री अमित शाह र दार्जीलिङको सांसद एंव भाजपाको राष्ट्रिय प्रवक्ता राजु विष्टलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पत्रचार गरेको छ। अध्यक्ष एडवाडर्सले भाजपाको शीर्ष नेता एंव केन्द्रीय गृहमन्त्री अमित शाह र भाजपाको राष्ट्रिय प्रवक्ता एंव दार्जीलिङको सांसद राजु विष्टलाई लेखेको पत्रमा गत २०१९ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले आफ्नो संकल्प पत्रमा दार्जीलिङ तराई डुवर्सको दीर्घकालीन समस्यालाई स्थायी राजनैतिक समाधान गरिने अनि गोर्खा समुदायको ११ जात गोष्ठीलाई जन जातिमा समावेश गर्ने लिखित वाचा गरेको थियो।संकल्प पत्रमा उलेख यी दुई विषयहरूबाहेक चिया श्रमिकहरूको लागि मिनिमम वेजेस अधिनियम लागु गरिनु पर्ने मांग हाम्रो पार्टीले केन्द्रीय गृहमन्त्री अमित शाह र सांसद राजु विष्टलाई पठाएको पत्रमा उलेख गरिएको छ। यी तीनवटा विषयहरूमध्ये कुनै एउटै पनि विषय केन्द्रको भाजपा सरकारले पूरा गरी दिएको खण्डमा २०२४ को लोकसभा चुनावमा हाम्रो पार्टीले भाजपालाई आँखा चिम्लेर समर्थन जनाउँछ साथै चुनाव प्रचार प्रसारको निम्ति सडकमा पनि ओर्लिने छ। यति मात्र होइन देशको गोर्खा बहुदलीय क्षेत्रहरूमा पनि भाजपाको पक्षमा भोट मांग्नेछ भन्ने पत्रमा लेखेका छन्। उतर बंगाल क्षेत्रको धेरैवटा क्षेत्रहरूमा गोर्खाहरू बहुसंख्यक छन् साथै उतर बंगाल क्षेत्रमा आठवटा आसनहरू छन्। यी आसनहरूमा हाम्रो पार्टीले भाजपाको पक्षमा चुनावी प्रचार प्रसार गर्न कुनै कसर छोड्ने छैन भन्ने पत्रमा लेखेका छन्। तर भाजपाले यी तीनवटा विषयहरूमध्ये एउटा पनि पूरा नगरेको खण्डमा हाम्रो पार्टी भाजपाको विरोधमा ओर्लिनेछ।दार्जीलिङवासीले भाजपालाई १५ वर्ष समय दिईसकेको छ। यी १५ वर्षको अन्तरालमा पनि भाजपाले गोर्खाहरूसंग गरेको वाचाहरू पूरा नगर्दा हामी सबै निराश भएका थियौं। तर संसद राजु विष्टले शीतकालीन सत्रमा विशेष बील ल्याउन सक्ने जो संकेत दिएका छन्। त्यस बयानले हामीमाझ झिनो आशा जागेर आएको छ।विगतको चुनावहरूमा पनि हामीले भाजपालाई नि:स्वार्थ भावले समर्थन जनाएका थियौं। भाजपाले हाम्रो दीर्घकालीन मांगहरूलाई अवश्यै पूरा गरिदिन्छ भन्ने हाम्रो मन मस्तिकमा रहेको थियो। हाम्रो पार्टीले राखेको तीनवटा विषयहरूमध्ये कुनै पनि एउटा नै विषय नै पूरा गरी दिएको खण्डमा हाम्रो पार्टीले आँखा चिम्लेर समर्थन जनाउँने छ भन्ने हाम्रो पार्टीले आफ्नो पत्रमा लेखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement