बन्द फ्याक्ट्रीबाट सिक्योरिटी गार्डको शव भेटियो

IMG-20230528-WA0320-5-300x172-1

जलपाइगढ़ीः जिल्लाको फूलबाड़ी-२ नम्बर ग्राम पञ्चायतको पूर्व अमायदिघी क्षेत्रको एउटा फ्याक्ट्रीमा हिजो राति सिक्योरिटी गार्डको शव भेटिएको छ। खबर लेखिञ्जेलसम्म मृतकको पहिचान हुन सकेको छैन। जानकारी अनुसार, उक्त फ्याक्ट्री धेरै महिनादेखि बन्द थियो। यस बन्द फ्याक्ट्रीको सुरक्षामा एक सिक्योरिटी गार्डलाई राखिएको थियो।

हिजो राति जब अचानक फ्याक्ट्रीभित्रबाट दुर्गन्ध आउनथाल्यो तब स्थानीय मानिसहरूले यसको सूचना एनजेपी थाना पुलिसलाई दिए। पुलिस घटनास्थलमा पुग्यो र बन्द फ्याक्ट्रीको ताला तोड़ेर भित्र पस्यो। पुलिसले फ्याक्ट्रीभित्र सिक्योरिटी गार्डको शव भेटायो। जसबाट भारी दुर्गन्ध आइरहेको थियो। यसपछि पुलिसले शवलाई पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठायो। एनजेपी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement