कोइला तस्करी मामिलामा सीबीआईले माग्यो कानून मन्त्रीको ब्याङ्क डिटेल

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः केन्द्रिय जाँच ब्यूरो (सीबीआई) ले कोलकातामा एक निजी ब्याङ्क खाताका अधिकारीहरूसित पश्चिम बंगालको कोइला तस्करी मामिलामा एक पल्ट फेरि जाँच तीव्र गरेको छ। सीबीआईले कानून मन्त्री मलय घटक र उनको परिवारका केही सदस्यहरूको ब्याङ्क खाताहरूको विवरण मागेको छ।

सूत्रहरू अनुसार, केन्द्रिय एजेन्सीका अधिकारीहरूले मन्त्री समेत केही पाँच जनाको ब्याङ्क खाताहरूको विवरण मागेको छ। यी खाताहरू खोल्नुको समयदेखि लिएर अहिलेसम्मको विस्तृत विवरण र खाता खोलिएको समय प्रदान गरिएको केवाइसी पनि मागिएको छ। उक्त निजी ब्याङ्कका अधिकारीहरूलाई १३ दिसम्बरमा मध्य कोलकाताको निजाम पेलेसमा सीबीआईको भ्रष्टाचार विरोधी शाखाको कार्यालयमा सबै सम्बन्धित दस्तावेजहरूको साथ उपस्थित हुनलाई भनिएको छ। यसअघि कोइला तस्करी मामिलामा समानान्तर जाँच गरिरहेको प्रवर्तन निदेशालय (ईडी) ले सोधपुछको निम्ति घटकलाई १२ पल्ट बोलाएको थियो।

तर उनले एघार पल्ट नोटिसहरूलाई अदेखा गरे औं सोधपुछको निम्ति उपस्थित हुन अनाकानी गरे। मन्त्रीले ईडी अधिकारीहरूद्वारा उनी विरूद्ध दर्ता प्रवर्तन मामिलाको सूचना रिपोर्ट (ईसीआईआर) लाई खारेज गर्न दिल्ली उच्च न्यायालयको दैलो पनि ढकढकाए। त्यस याचिकालाई कोर्टले खारेज गरेको थियो। यद्यपि, अदालतले नयाँ दिल्लीको साटो ईडीको कोलकाता कार्यालयमा बोलाइने उनको अपीललाई स्वीकृति दियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement